देउवा र ओलीको भेट
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ ।
अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई साथै लिएर हालको देउवा निवास महाराजगञ्ज पुगेर भेटवार्ता गरेका हुन् । कांग्रेस र एमालेले संसद विघटनविरुद्ध पुरक रिट निवेदन दर्ता गराउने तयारी भैरहेको चर्चाकाबीच भएको उक्त भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
यसअघि गत मंसिर १० गते अध्यक्ष ओली देउवालाई भेट्न गएका थिए । देउवा–ओली भेटपछि कांग्रेसका आठ पूर्वसांसदको वारेसमा विघटित प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै रिट दायर भएको थियो । एमाले भने त्यसअघि नै रिट लिएर सर्वोच्च अदालत पुगेको थियो । भदौको जेनजी आन्दोलनपछि देउवा–ओली दोस्रोपटक भेटेका हुन् ।



RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE