शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

सरकारविरूद्ध नाराबाजी स् ‘जेन(जीको माग हरायो, निर्वाचन भनि करायो’

काठमाडौं । जेन(जी विद्रोहका मागहरू पूरा नभएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेन(जी पुस्ता समूहले मंगलबार पनि सरकारविरूद्ध प्रदर्शन जारी राखेका छन् ।

सरकारले जेन(जी विद्रोहको भावनाअनुरूप अगाडि नबढेको भन्दै उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका हुन् । यसअघि सोमबार भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गर्दै जेन(जी अगुवा मिराज ढुंगाना लगायतलाई नियन्त्रणमा लिएको थियो ।

प्रदर्शनकारीहरूले ‘जेन(जीको माग हरायो, निर्वाचन भनि करायो’, ‘अतिभो राजनीतिक खेल, आमा सरकार फेल’, ‘घाइतेका माग पूरा गर’, ‘जेन(जीको माग चुनाव होइन सुशासन हो’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् । केही जेन(जी समूहहरूले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, जेन(जी विद्रोहमाथि भएको दमनमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका छन् ।

आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x