सुनचाँदीको मूल्यले रेकर्ड तोड्दै
सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ ।
आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ६८ हजार एक सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत मंगलबार सुनको भाउ तोलाको दुई लाख ६७ हजार दुई सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज एकैदिन तोलामा एक सय ६५ रुपैयाँले बढेर तोलाको चार हजार चार सय २० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । मंगलबार चाँदीको भाउ तोलाको चार हजार दुई सय ५५ रुपैयाँ थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE