तीन दिनदेखि माइतीघरमा जेनजी आन्दोलन
काठमाडौं । जेन जी अभियन्ता मिराज ढुंगाना समुहले सर्वपक्षीय सरकार गठनको माग राखेर गत सोमबार देखि सुरु गरेको आन्दोलन आजपनि जारी छ । गत सोमबारदेखि काठमाडौंको माइतीघर मण्डलामा ढुंगाना नेतृत्वमा संयुक्त जेनजी आन्दोलन जारी रहेको हो ।
उक्त समुहले जेनजीको भावनाअनुरूप सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् । तर, उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने अनुमति दिएको छैन । प्रशासनको अनुमति नदिएपछि दैनिक प्रहरीले हटाउन खोजिरहेको छ तर, जेन जीहरु भने आफुहरुको आन्दोलन नरोकिने बताउदै आएका छन् ।
संविधान पुनर्लेखनसँगै सर्वपक्षीय सरकार गठन गरी देशलाई निकास दिनुपर्ने माग जेनजीहरूको छ । पहिलो दिन सोमबार प्रहरीले दुई दर्जनभन्दा बढी जेनजीलाई नियन्त्रणमा लिएर केही समयपछि छाडेको थियो । त्यसपछि मंगलबार बिहान प्रहरीलाई फूल दिएर सुरु भएको प्रदर्शनमा दिउँसो प्रहरीले लाठीचार्ज गरेको थियो । यस्तै आज पनि उनिहरु विहानैदेखि सरकारविरुद्धका प्लेकार्ड बोकेर आन्दोलन जारी राखेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE