राप्रपा र राप्रपा नेपालबीच एकीकरण हुँदै, पुस १६ मा घोषणासभा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच एकताको सहमतिमा हस्ताक्षर भएको छ ।
बुधबार राप्रपाको कार्यालय धुम्वाराहीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा भनिएको छ, ‘राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति गरेका छौं । एकता घोषणा सभा २०८२ पौष १६ गते राष्ट्रिय सभागृहमा हुनेछ ।’
सहमतिपत्रमा हस्ताक्षर गर्दै थापा र लिङदेनले एकअर्कालाई अंकमाल गरेका थिए ।

RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE