शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथ

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले फेरि मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई मन्त्री नियुक्त गर्न लागेको जनाइएको छ ।
शर्मालाई रक्षा या परराष्ट्र मध्य कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा अझै टुंगो नलागेको जनाइएको छ ।

शर्मालाई दिउँसो २ बजे शीतल निवासमा शपथ गराउने कार्यक्रम छ। शर्माले माओवादी लडाकु समायोजन समितिमा रहेर काम गरेका छन् ।

कोभिड महामारीको बेला सीसीएमसीमा पनि उनले काम गरिसकेका छन् ।

शर्मा थपिएसँगै अन्तरिम मन्त्रिपरिषद्‌ १५ सदस्यीय बन्ने भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x