३० आश्विन २०८३, शुक्रबार

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माको लिए शपथ

0
Shares


काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ लिएका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई शपथ खुवाएका हुन् ।

नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका शर्मालाई शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन् । कोभिड महामारीको बेला सीसीएमसीमा पनि उनले काम गरिसकेका छन् ।

उनले आजै पदभार ग्रहण गर्दै छन्। शर्मा थपिएसँगै अन्तरिम मन्त्रिपरिषद्‌ १५ सदस्यीय बनेको छ ।