गौरीबहादुर कार्कीसहित तीन जनालाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज, फैसलासँगै आयोगको वैधानिकतामाथिको प्रश्न टुंगियो
काठमाडौं । सर्वोच्च अदालतले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलसहितको पूर्ण इजलासले शुक्रबार उक्त रिट खारेज हुने फैसला सुनाएको हो ।
यसअघि न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले लिखित जबाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो ।
अधिवक्ता विपिन ढकालले जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै पूर्ण इजलासले आयोगका सम्बन्धमा केही निर्देशनात्मक आदेश पनि जारी गरेको छ ।
सर्वोच्च अदालतको यो फैसलासँगै जाँचबुझ आयोगको वैधानिकतामाथिको प्रश्न टुङ्गिएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE