रास्वपाका समानुपातिक उम्मेदवारका आकांक्षीको प्रारम्भिक मतदान सुरु
काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको उम्मेदवारका आकांक्षीहरूका लागि प्रारम्भिक मतदान जारी छ ।आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि समानुपातिकतर्फका आकांक्षीहरूका लागि रास्वपाले शनिबार बिहानदेखि प्रारम्भिक मतदान सुरू गरेको हो । शनिबार बिहान ७ बजेदेखि सुरू भएको प्रारम्भिक मतदानका लागि ३६ घण्टा समयावधि छुट्याइएको छ । मतदान आइतबार बेलुका ७ बजे सकिने रास्वपाले जनाएको छ । कुल ४१४ आकांक्षी उम्मेदवारहरूमा एक जनाले बढीमा ११० जनालाई मत दिन सक्ने छन् । ११० जनालाई मत दिँदा न्यूनतम ५७ जना महिलालाई मत दिनुपर्ने भनिएको छ । मतदान मोबाइल एपमार्फत् गर्नुपर्ने रास्वपाले जनाएको छ । विभिन्न ६ क्लष्टरमा मतदान गर्दा कुनै पनि क्लस्टर छोड्न नमिल्ने विधि बनाइएको छ । देश भित्र र बाहिर रहेका पार्टीका सदस्यहरू प्रारम्भिक मतदानका मतदाता हुन । प्रारम्भिक मतदानबाट खास–आर्यतर्फ ३३, आदिवासी–जनजातितर्फ ३२, मधेशीतर्फ १८, दलिततर्फ १५, थारुतर्फ ८ र मुस्लिमतर्फ ५ जना उम्मेदवार छनोट हुने बताइएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE