आइतवार, पुस १३, २०८२
Sunday, December 28, 2025

रवि र बालेनबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर,समर्थक उत्साहित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएपछि उनीहरुका समर्थक उत्साहित भएका छन् ।

नयाँ र वैकल्पिक शक्तिहरुबीचको एकताले मात्रै परिवर्तनलाई संस्थागत गर्न सकिने भन्दै उनीहरु उत्साहित भएका हुन् ।
सहमतिमा हस्ताक्षर गरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै रास्वपा सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताएका छन् ।  लामो छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाण्डौ महानगरपालिका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको हो ।

मध्यराति भएको सहमतिअनुसार पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र चुनाव चिन्ह घण्टी हुनेछ । पार्टीको सभापति रवि लामिछाने हुने र प्रतिनिधिसभाको चुनावपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बन्ने सहमति भएको छ ।

यसअघि उज्यालो नेपाल पार्टीलाई पनि समेटेर एकताको प्रयास भएको थियो । तर पार्टीका संरक्षक कुलमान घिसिङले अस्तित्वको प्रश्न उठाउँदै असहमति जनाएका थिए । पार्टीको नाम रास्वपा नै हुने, उसैको चुनाव चिन्ह रहने, सभापति रवि र प्रधानमन्त्री बालेन हुने, कुलमान र उज्यालो पार्टीको अस्तित्व नै नरहने भन्दै उहाँ छलफलमा सहभागी भएका थिए ।

कुलमानले असहमति जनाएपछि रास्वपाका सभापति रवि लामिछाने र बालेन शाहबीच गएराति अबेरसम्म भएको छलफलपछि  ७ बुँदे सहमतिमा हस्ताक्षर भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x