आइतवार, पुस १३, २०८२
Sunday, December 28, 2025

‘विदेशी हालीमुहाली संस्थागत’ गर्न रवि–बालेन सम्झौताः हर्क सम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेनबीचको सम्झौतालाई केबल सत्ताका लागि’ र ‘विदेशी हस्तक्षेप’लाई संस्थागत गर्नका लागि भएको टिप्पणी गरेका छन् । आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएको केही घण्टापछि सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले बालेनलाई लक्षित गर्दै जेनजी आन्दोलनको बेला र देश जल्दा टुलुटुलु हेरेर बसेको भनेर आलोचना गरेका छन् । बालेनलाई उनले ‘भित्र–भित्र बसेर डरलाग्दो खेल खेल्ने’ र ‘लुकेर बस्ने’ व्यक्तिको संज्ञा दिएका छन् । यसैगरी उनले एमसीसीसँग जोडेर रवि लक्षित टिप्पणी गरेका छन् ।

अध्यक्ष साम्पाङले आफ्नो पार्टीले मिसावटको राजनीति नगर्ने बताउदै कसैसँग एकता नगर्ने स्पष्ट पारे । उनले आफ्नो पार्टीले स्वदेशी विचारको राजनीति गर्ने बताएका छन् । उनले कसैसँग एकता गर्छ कि भनेर नअलमलिन कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x