एमाले नेता भन्छन्ः ‘रवि र बालेनको एकताले खासै अर्थ राख्दैन’
काठमाडौं। नेकपा एमालेका नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहको एकताले खासै अर्थ नराख्ने बताएका छन् ।
नेकपा एमालेका नेता मानवीर राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख साहको राजनीतिक मिलन वा विमिलनको कुनै विशेष अर्थ नरहेको बताए। उनीहरूको राजनीति नेपाली जनतामा आधारित नदेखिएको भन्दै राईले त्यसले वर्तमान नेपाली राजनीतिक परिवेशमा खासै महत्व नपाउने दाबी गरे ।
उनले भने , ‘वास्तवमा रवि लामीछाने र बालेन शाहहरु मिल्नु र नमिल्नुको कुनै अर्थ म देख्दिन । किनभने उनीहरुको राजनीति नै नेपाली जनतामा आधारित राजनीति देखिएन । कसैको आशिर्वाद कसैको ईसारामा गरिएको राजनितिलाई नेपाली जनताले र नेपालको अहिलेको परिवेशले त्यस्तो महत्व दिन्छ भन्ने मलाई लाग्दैन र त्यस्तो ठूलो केही अर्थ राख्दैन ।’
नेता राईले २०७९ सालको स्थानीय तह निर्वाचनमा बालेन साह निर्वाचित हुँदा जनतामा ठूलो आशा र अपेक्षा रहेको भएपनि साहका गतिविधिले ती अपेक्षा पूरा गर्न नसकेको आरोप लगाए । काठमाडौं महानगरपालिकाभित्र भइरहेका अधिकांश सडक तथा पूर्वाधार निर्माण कार्य संघीय सरकारअन्तर्गत सडक विभाग र सडक डिभिजनमार्फत भइरहेको उनको दाबी छ । प्रमुख साहको विकास निर्माणका कार्य अगाडी बढाउन नसकेको उनको आरोप छ । विकासका नाममा उनले के गरेका छन्। मकै पोलेर जीविकोपार्जन गर्नेहरूलाई लखेट्ने बाहेक अरु काम नगरेको उनको दाबी छ । नेता राईले विभिन्न राजनीतिक कार्यक्रमहरुमा जरिवाना घोषणा गरेर मेयर शाहले ‘स्टन्टबाजी’ मात्रै गरेको आरोप लगाए । जेन–जी आन्दोलनमा भएको आगजनी तथा हिंसात्मक घटनाका बेला काठमाडौं महानगरपालिकाले दमकल नपठाएको आरोप लगाउँदै उनले यस घटनाले पनि प्रमुख शाहको विकास र समृद्धिप्रतिको संवेदनशीलता नदिएको उनको दाबी छ ।
उनले भने, ‘उहाँको हिजो निर्वाचित हुँदै गर्दा २०७९ को स्थानिय तहको निर्वाचनमा एउटा जनतामा आशा र अपेक्षा थियो । युवा हो, एउटा ठुलो आशा र अपेक्षा थियो । तर त्यसपछिको क्रमश उहाँको गतिविधिहरु चाहीँ काठमाडौ र नेपालभरको जनताले देखिराखेको छ । काठमाडौं महानगरपालिकाको बाटोघाटोको कुरा प्राय सबै संघिय सरकारले सडक विभाग, सडक डिभिजन अन्र्तगत सबै कामहरु बनिरहेको हुन्छ । अब उहाँले गरेको नै पनि के छ र आखिरी विकासमा । एउटा मकै पोलेर खाने, मकै पोलेर आफ्नो र परिवारको जीविकोपार्जन चलाउनेलाई लखेट्ने बाहेक उहाँले अरु के काम गर्नुभएको छ र रु व्यवस्थित रुपमा सडकमा लाईटहरुसम्म राख्न उहाँले सक्नुभएको छैन । त्यत्रो ठूलो उहाँले काम गरेका पनि होइन । पछिल्लो समयमा उहाँले नेकपा एमालेले कार्यक्रम गर्दाखेरी एक लाख जरिवाना उहाँले घोषणा गर्नुभयो, पछि राजावादी आन्दोलनमा पूर्वराजालाई सम्म उहाँले ६÷७ लाख रुपैयाँ जरिवाना घोषणा गर्नुभयो । स्टन्टबाजी गर्नुभयो । अहिले यत्रो सिंहदरबार जल्दा, अदालतहरु जलाउँदाखेरी आफूसँग त्यत्रो धेरै भएको दमकलसम्म नदिने, नपठाउने भनेपछि उहाँ त यो देशको विकास होइन, जलोस्, सिद्धियोस्, खरानी होस्, नेपालको ऐतिहासिक सम्पदाहरु, स्थानहरु, अदालतहरु केही पनि नरहोस्, सकोस् । जलेको त हेरिरहेका छन् । ललितपुरको महानगरले दमकल पठाएर ३ दिन पछाडी बल्ल चाहीँ जलाईएको ठाउँहरुमा निभाउने काम ग¥यो । काठमाडौं महानगरले एउटा पनि दमकल पठाउने आट गरेन, यी घटना परिघटनाले देखाउँछ, उहाँ विकास र समृद्धि, नेपाली जनताको हितमा काम गर्नुहुन्न, हुनुहुन्न ।’
उनले चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमतिलाई हाँस्यास्पद भएको बताए । २०६४ सालमा नेकपा माओवादीले पनि पुष्पकमल दाहाललाई भावी राष्ट्रपतिको उम्मेद्वार घोषणा गरेको स्मरण गरे । उनले दाहाल राष्ट्रपति बन्नुभयो त रु प्रश्न गरे । उनले बालेन्द्र साह सांसद नै बन्न नसक्ने हो की भन्ने आशंका पनि जनाए। उनले रास्वपा सभापति लामिछाने पनि सहकारी ठगी मुद्दामा सबैभन्दा धेरै धरौटी बुझाएर निस्किएको पात्र भएको बताए । उनले जनतको माझमा उनीहरुले सफलता हासिल गर्न नसक्ने दाबी गरे।
नेकपा एमालेका नेता लालबाबु पण्डितले भने राजनितिक पार्टीहरु मिल्नु राम्रो भएको बताए । नेपालमा राजनीतिक पार्टीहरूको ध्रुविकरण आवश्यक रहेको उनको भनाई छ । हाल देशमा १५२ भन्दा बढी राजनीतिक पार्टी रहेको उल्लेख गर्नुहुँदै उनले देशमा पाँच वटा मात्रै पार्टी भए पुग्ने बताए । उनले सीमित संख्याका राजनीतिक दलबीच प्रतिष्पर्धा भई बहुमतको सरकार बन्नसके मात्र राजनीतिक स्थायित्व, विकास र समृद्धि सम्भव हुने बताए । एमाले कुनैपनि राजनीतिक गठबन्धनसँग प्रतिष्पर्धा गर्न तयार रहेको उल्लेख गर्दै नेता पण्डितले कोही पार्टी मिल्दैमा कसैले टाउको दुखाउन आवश्यक नरहेको बताए । कोही एक भयो भन्दैमा अर्को समाप्त हुन्छ भन्ने बुझाइ गतल भएको उनको भनाई छ ।
उनले भने , ‘अब नेपालमा राजनीतिक पार्टीहरु धुव्रिकृत हुनु राम्रै कुरा हो । अहिले १५२ पार्टीले देश बनाउँछु भनेर हिँडिरहेका छन् । चुनावमा कति पार्टी जान्छन्, टुंगो छैन । पार्टी खोल्ने, कहिलेकाही त श्रीमानले एउटा पार्टी खोल्ने, श्रीमतीले एउटा पार्टी खोल्ने । अनि १५ दिन एउटा पार्टीमा बस्ने १५ दिन अर्को पार्टीमा जाने जुन यो प्रवृति छ नि, अस्थिर प्रवृति । यो देशको निम्ति एक किसिमको घात नै हो । लोकतान्त्रिक विधि र प्रक्रियामा त छौँ तर लोकतान्त्रिक विधि र प्रक्रियामा पनि अनुशासन भन्ने चिज चाहिन्छ, नैतिकता भन्ने चिज पनि चाहिन्छ । समर्पण पनि हुनुपर्छ, नभए फाउको खेती भनेर राजनीतिलाई बुझ्ने जुन गरिन्छ नी, त्यो गलत हो । त्यसकारण म के भन्न चाहन्छु भने, अझै धेरै धुव्रिकृत होस् । अझै पाँच वटा औँलाभित्र मात्रै राजनिति पार्टीहरु प्रतिष्पर्धा गरेर रहुन् । बहुमतको सरकार बनाउन । राजनितिक स्थायित्व होस् । त्यसैले विकास र समृद्धि ल्याउने हो । एकताले देशलाई फाइदा हुन्छ भने कसैले टाउको दुखाउनु आवश्यक हुँदैन । एमालेको टाउको दुखाई छैन । एमाले जति अरु पार्टीहरु मिलेर आउँछन्, त्यो संग समाना गर्न तयार छ । किनभने राजनीतिक स्थायित्वको पक्षमा छ । संविधानको पक्षमा छ, लोकतन्त्रको पक्षमा छ । कोही एक भयो भन्दैमा अर्को समाप्त भयो भन्ने बुझाई चाँही खहरे बुझाई हो क्या ।’
राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र साहबीच आईतवार विहान ‘वृहत एकता’ सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । एकताअनुसार शाह निर्वाचनपछि संसदीय दलका नेता बन्नेछन् भने रास्वपा सभापति लामिछाने सभापतिकै रुपमा रहनेछन् । पार्टीको संरचनाको भने सबै रास्वपाको हुनेगरी ७ बुँदे सहमति भएको हो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE