सोमवार, पुस १४, २०८२
Monday, December 29, 2025

बयानका लागि आज पूर्वगृहमन्त्री लेखक आयोगमा जाँदै

पूर्वगृहमन्त्री रमेश लेखक आज बयानका लागि भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा जाँदैछन् ।

जेनजी आन्दोलनताका गृहमन्त्री रहेका लेखकमाथि आन्दोलनकारी विद्यार्थीमाथि गोली चलाउन आदेश दिएको आरोप छ । भदौ २३ र ३४ गतेको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले बयानका लागि बोलाएपछि लेखक जान लागेका हुन् ।

लेखकले आयोगले सोधका प्रश्नको जवाफ दिँदै उक्त दिनको घटनाबारे जानकारी गराउने छन् । आज दिउँसो बयानका लागि बोलाइएको छ ।

आयोगमा बयान दिएपछि लेखकले पत्रकारलाई जानकारी दिन कार्यक्रम राखेका छन् । दिउँसो २ बजेपछि सिंहदरबारमा उनले पत्रकारसँग भेटघाट कार्यक्रम राखेका छन् । ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x