मङ्लबार, पुस १५, २०८२
Tuesday, December 30, 2025

चुनावमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकियो,२५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको चुनावमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो ।

काठमाण्डौका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले बढीमा २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । त्यसमा काठमाण्डौ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँ, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख रुपैयाँ सम्मको खर्च गर्न पाउने सीमा तोकेको छ ।

६५ वटा चुनाव क्षेत्रका उम्मेदवारले बढीमा २९ लाख बराबर खर्च गर्न पाउने सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । त्यस्तै, आयोगका अनुसार १७ वटा चुनाव क्षेत्रका उम्मेदवारले बढीमा २७ लाख रुपैयाँ बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

भट्टराईका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली त्यही खाताबाट खर्च गर्नुपर्नेछ । त्यसरी खर्च गर्दा उम्मेदवारकोतर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी खर्चको विवरण निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्नेछ उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम चुनाव खर्चको विवरण चुनाव परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x