मङ्लबार, पुस १५, २०८२
Tuesday, December 30, 2025

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटः जनताबाट मुद्दा अनुमोदन गराउन आग्रह

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंसँगको भेटमा मुलुकको शान्ति सुव्यवस्था कायम राख्न र आगामी निर्वाचनमा सहयोग गर्न अपिल गरेकी छन् ।

बालुवाटारमा मंगलवार बिहान भएको भेटमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई दिगो लोकतन्त्रको एकमात्र आधार बताउँदै सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेकी हुन् ।

मुलुकले थप अस्थिरता र अशान्ति थेग्न नसक्ने भन्दै आफ्ना मागहरू शान्तिपूर्ण ढंगले राख्न र जनताबाट मुद्दा अनुमोदन गराउने लोकतान्त्रिक बाटो अपनाउन प्रधानमन्त्रीले आग्रह गरिन् ।

प्रधानमन्त्रीले कठिन परिस्थितिबाट देशलाई शान्तितर्फ फर्काएको स्मरण गर्दै निर्वाचनको वातावरण पूर्ण रूपमा बनेको बताइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x