समानुपातिकको बन्द सूचीमा भएको गल्ती सच्याइँने गणेश पराजुलीको भनाइ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश पराजुलीले प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्द सूचीमा भएको गल्तीलाई सच्याउने बताएका छन् ।
रास्वपाले निर्वाचन आयोगमा पेस गरेको बन्द सूचीमा उल्लेखित कतिपय नामप्रति पार्टीभित्र र बाहिरबाट विरोध भएसँगै उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै समानुपातिकको सूचिमा भएका गल्तीलाई सच्याइने बताएका हुन् ।
पराजुलीले सामाजिक सञ्जाल मार्फत धारणा राख्दै भनेका छन्, ‘सहमति अत्यावश्यक थियो । अन्तिम समयमा महत्त्वपूर्ण काम भए । समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइनेछन् । सुशासन र विधि हाम्रो जग हो ।’
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची संशोधन गरी पेस गर्ने अवधि २१ देखि २७ पुससम्मका लागि तोकेको छ ।

RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE