शुक्रबार, पुस २५, २०८२
Friday, January 9, 2026

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९राप्रपा नेपाल० बीच लामो समयदेखिको विभाजन अन्त्य गर्दै पार्टी एकता भएको छ । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा, नेपालबीच एकीकरण भएसँगै राजावादी तथा राष्ट्रवादी शक्तिहरू एकीकृत भएका हुन् ।

कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू राजेन्द्र लिङदेन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरे । यसअघि पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रिय कार्यालयमा दुवै नेताले एकता समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

२०७८ सालको राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले पार्टी छोडेर राप्रपा नेपाल गठन गरेका थिए । चार वर्षपछि भएको यो एकताले आगामी प्रतिनिधि सभा निर्वाचनअघि राजावादी मतहरू एकीकृत गर्ने अपेक्षा गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x