आगमी निर्वाचनमा सबै मिलेर लागौँः पशुपति शमशेर जबरा
काठमाण्डौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशपति शमशेर जबराले आगामी निर्वाचनमा धेरै भन्दा धेरै सिट जित्नेगरी निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।राप्रपा र राप्रपा, नेपालबीचको एकता सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आउने चुनावको सामना गर्नसक्ने आँट सबैभन्दा ठूलो कुरा भएको बताए । उनले आगामी निर्वाचनमा सबै मिलेर लाग्नुपर्ने बताए । सबै मिलेपछि महत्वपूर्ण जित निकाल्न सकिने उनको जिकिर छ । हरेक नगरपालिका, गाउँपालिका, हरेक जिल्ला, हरेक निर्वाचन क्षेत्रमा प्रयत्न गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘अब आउने चुनाव सामना गर्ने आँट हाम्रो सबैभन्दा ठूलो कुरा हो । त्यसमा हामी सबै मिलेर त्यसमा लागौँ । कमल थापाजीलाई म स्वागत गर्दछु । हामी सबै मिलेपछि महत्वपूर्ण जित निकाल्नेछौँ । हामीले हरेक नगरपालिका, गाउँपालिका, हरेक जिल्ला, हरेक निर्वाचन क्षेत्रमा हाम्रो प्रयत्न हुनुपर्छ । तर जहाँ हाम्रो सम्भावना दरो छ, जहाँ जित्ने निर्वाचन क्षेत्र छ, त्यसमा हामी लागि पर्नुपर्छ ।’
पूर्वअध्यक्ष जबराले सबै नेताहरु निर्वाचनमा केन्द्रित भएर लाग्नुपर्नेमा जोड दिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE