३० आश्विन २०८३, शुक्रबार

पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न विशेष अदालतको आदेश

0
Shares


काठमाडौं । विशेष अदालतले घुस लिएर भ्रष्टाचारको आरोप लागेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ । लिचिबारी भ्रष्टाचार प्रकरणमा नेकपा एमालेका नेतासमेत रहेका पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन आदेश दिइएको हो ।

बुधबार विशेष अदालतमा उपस्थित भएका उनको बयानपछि थुनछेक बहस भएको थियो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउनु पर्ने आदेश गरेको हो ।