बिहिबार, पुस १७, २०८२
Thursday, January 1, 2026

लगानीका लागि अहिले उचित समय होः अर्थमन्त्री खनाल

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लगानीका लागि अहिले उचित समय रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले निजी क्षेत्रले जेन–जी आन्दोलनका कारण ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै निजी क्षेत्रले फेरि उठ्ने बताए । अहिले अर्थतन्त्र सकारात्मक रहेको, मूल्यवृद्धि न्युन रहेको, चालु खाता वचतमा रहेकाले यो समय लगानीका लागि उपयुक्त भएको उनको भनाइ छ । उनले निजी क्षेत्र अर्थतन्त्रको इन्जिन भएको बताउँदै निजी क्षेत्रको सम्पती क्षति हुन निजी क्षेत्रको सम्पती क्षति रहेको बताए ।

उनले भने, ‘निजी क्षेत्रले जेन–जी आन्दोलनका कारण ठूलो क्षति व्यहोर्नुप¥यो । निजी क्षेत्रले फेरि उठ्छौँ भन्नुभएको छ । अर्थतन्त्र सकारात्मक नै छ । मूल्यवृद्धि न्युन छ, चालु खाता वचतमा छ, लगानीका लागि यो उपयुक्त समय छ । हामी खरानीबाट उठ्छौं भन्दै गर्दा थु्रपै सुधारका कुराहरु पनि भएका छौं । वृहत रुपमा संवाद जरुरी छ । निजी क्षेत्रको महत्व र निजी लगानीलाई संरक्षण गर्न जरुरी छ । निजी क्षेत्र अर्थतन्त्रको इन्जिन हो । निजी क्षेत्रको सम्पती क्षति हुनुभनेको राष्ट्रको क्षति हुनु हो । उनीहरुले गर्ने नाफा सबैतिर वितरण भएको छ । यति हुँदाहुँदैपनि प्रत्येक पटकको नागरिक विद्रोहमा निजी क्षेत्र निशानामा पर्ने गरेको छ । अब मुलुकभित्र लगानी हुन्छ भने त्यसमा क्षति हुन्छ भने त्यो राष्ट्रको क्षति हो भनेर हामीले सबैलाई बुझाउन जरुरी छ ।’

मन्त्री खनालले निजी क्षेत्रको क्षति मुलुकको क्षति हो भन्नेकुरा सबैलाई बुझाउन जरुरी रहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x