जनमत संग्रहबारे निर्णय लिन सरकारले माग्यो आईतवारसम्मको समय
काठमाण्डौं। नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले जनमत संग्रहबारे निर्णय लिन सरकारले आगामी आईतवारसम्मको समय मागेको बताएका छन् । बिहीवार सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले आईतवारसम्मको अल्टिमेटम दिएका हुन् ।
सरकारले आगामी आईतवारसम्म पनि आफूहरुका माग र जनमत संग्रहबारे निर्णय नलिए आन्दोलन गर्ने चेतावनी दिए । उनले एउटा पक्षलाई रुवाएर अर्को पक्ष निर्वाचनमा जान नपाउने बताए । उएले सरकार जेन–जीका मागहरु त्यत्तिकै राखेर निर्वाचनमा जान नपाउने बताए । सरकारले एउटा पक्षलाई मात्रै बोकेर हिँडिरहेको भन्दै यसको परिणाम राम्रो नहुने चेतावनी दिए ।
उनले भने, ‘मैले गम्भीर तरिकाले कुरा राखेँ, यि मुद्दा देशका हुन् । तपाईंलाई आफ्नो नातीसँग नेपालमै बस्न मन छैन भनेर सोधेँ । उनले खै केके भनेर खुई गर्नुभयो । पूरै थाकेको जस्तो । जेन–जीले खोसेर ल्याइदिएको सरकारमा बस्ने अनि उनीहरुलाई थुन्ने भने । आईतवारसम्मको समय माग्नुभयो । आईतवार सही गरौँ दुई पक्ष बसेर सोमवारको मन्त्रीपरिषद्बाट पास गर्दछौँ । सकेनौँ भने आईतवारको दिन सकेनौँ भन्छौँ भन्नुभएको छ । एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान पाउँदैन । नेपाल सबैको साझा हो भनेका छौँ । यो तरिकाले यो सरकार जेनजीका मागहरु त्यत्तिकै राखेर चुनावमा जान खोज्यो, नक्कली एउटा मात्रै टिमलाई बोकेर चुनावमा जान खोज्यो भने त्यो सफल हुँदैन ।’
संयोजक प्रसाईंले जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताए । आफूहले लोकतन्त्रको अधिक प्रयोग गरेर जनमत संग्रह गर्न आग्रह गरेको बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE