कांग्रेसका २५ केन्द्रीय सदस्यद्वारा पार्टी विभाजन जोगाउन सभापति देउवालाई आग्रह
काठमाडौं। नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशनले पार्टी विभाजनमा जाने भन्दै जोगाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । शुक्रबार बिहान देउवालाई भेट्न पुगेको टोलीले पार्टी जोगाउन आग्रह गरेको हो ।
उक्त भेटमा सभापति देउवाले पनि आफुले पार्टी बिभागन नहोस भन्ने चाहेको बताएको जनाइएको छ ।बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरी विशेषको मिति घोषणा गरेका थिए ।
त्यसपछि २५ जना केन्द्रीय सदस्य देउवालाई भेट्न पुगेका हुन् । उनीहरूले चाँडोभन्दा चाँडो क्रियाशील सदस्यता टुंग्याएर वडा तहको अधिवेशन सुरु गर्नुपर्नेमा जोड दिए । उनीहरूले कांग्रेसमा दुई ‘पोल’ बनाएर समन्वयात्मक भूमिका निर्वाह गर्न खोज्नेहरूमाथि प्रहार गर्न थालिएको गुनासो समेत देउवासँग गरेका थिए ।
यसैबीच आज बस्ने केन्द्रीय कार्यसम्पादन बैठकले पार्टीभित्र नियमित महाधिवेशनको तालिका र विशेष महाधिवेशनको मागबीच उत्पन्न विवादलाई सम्बोधन गर्न यो बैठक महत्वपूर्ण मानिएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE