आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

कांग्रेसका २५ केन्द्रीय सदस्यद्वारा पार्टी विभाजन जोगाउन सभापति देउवालाई आग्रह

काठमाडौं। नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशनले पार्टी विभाजनमा जाने भन्दै जोगाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । शुक्रबार बिहान देउवालाई भेट्न पुगेको टोलीले पार्टी जोगाउन आग्रह गरेको हो ।

उक्त भेटमा सभापति देउवाले पनि आफुले पार्टी बिभागन नहोस भन्ने चाहेको बताएको जनाइएको छ ।बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरी विशेषको मिति घोषणा गरेका थिए ।

त्यसपछि २५ जना केन्द्रीय सदस्य देउवालाई भेट्न पुगेका हुन् । उनीहरूले चाँडोभन्दा चाँडो क्रियाशील सदस्यता टुंग्याएर वडा तहको अधिवेशन सुरु गर्नुपर्नेमा जोड दिए । उनीहरूले कांग्रेसमा दुई ‘पोल’ बनाएर समन्वयात्मक भूमिका निर्वाह गर्न खोज्नेहरूमाथि प्रहार गर्न थालिएको गुनासो समेत देउवासँग गरेका थिए ।

यसैबीच आज बस्ने केन्द्रीय कार्यसम्पादन बैठकले पार्टीभित्र नियमित महाधिवेशनको तालिका र विशेष महाधिवेशनको मागबीच उत्पन्न विवादलाई सम्बोधन गर्न यो बैठक महत्वपूर्ण मानिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x