मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

प्रचण्ड र देउवालाई जाँचबुझ आयोगको पत्र, लिखित जवाफ पठाए पनि हुने

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक सूचना प्रकाशित हुने चेतावनीपछि जेन जी घटनासँग सम्बन्धित जाँचबुझ आयोगको म्याद बुझेको खुलेको छ ।आफ्नो धारणा राखिदिन आग्रह सहित जेन जी घटना जाँचबुझ आयोगले पत्र पठाएको थियो । व्यक्तिगत सुरक्षा अधिकृत सँगको समन्वयबाट पत्र र म्याद बुझाउने प्रयास भएकोमा दुवै नेताहरूले पत्र बुझ्न अस्वीकार गरेको जनाइएको छ ।

कांग्रेस सभापति देउवाले आफू नै २४ भदौको आगजनीबाट पीडित भएको, घर जलेर नष्ट भएका कारणले अन्यत्र बस्नु परेको, अनि जेनजी आन्दोलनका बेला आफू राज्यको कुनै भूमिकामा पनि नरहेको भन्दै त्यस्तो अवस्थामा बयान दिनुपर्ने कारण नभएको बताएको जनाइएको छ ।

त्यस्तै संयोजक प्रचण्डले पनि जेनजी आन्दोलनका बेला आफू प्रमुख विपक्षी दलको नेताको भूमिकामा रहेको, त्यतिबेला सत्तामा रहेकाहरुमाथि खबरदारी गरिरहेको तर उल्टै आफ्नो घरमा आगजनी भएको अवस्थामा के आधारमा बयान दिने भन्दै पत्र नबुझेको बताइएको छ ।

तर आयोगको समन्वयमा खटिएका कर्मचारी र सुरक्षा अधिकारीहरूले बयान नभई सोधपुछ र धारणाका लागि पत्र पठाइएको स्पष्ट पारेको जनाइएको छ । आयोगलाई सहयोग गर्न आग्रह गर्दै उनीहरूले पठाएको पत्र बुझ्न अस्विकार गरेमा सार्वजनिक सञ्चारमाध्यमहरूबाट सार्वजनिक सूचना निकालिने र त्यसपछि सहयोग नगरेमा त्यही व्यहोरा प्रतिवेदनमा समावेश हुने चेतावनी दिएका थिए । त्यसपछि दुवैजनाले केही घण्टाको फरकमा पत्र बुझेको जनाइएको छ ।

यद्यपी आयोगमा जाने वा लिखित जवाफ पठाउने भन्नेवारे केही तय भइसकेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x