कांग्रेस महाधिवेशनबारे विश्वप्रकाशका तीन प्रस्ताव
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनका लागि तीनवटा प्रस्ताव राखेका छन् । शुक्रबार छलफलका लागि आएका २५ बढी केन्द्रीय सदस्यसँग शर्माले केन्द्रीय समितिले नै आह्वान गर्ने गरी तीनवटा प्रस्ताव गरेका हुन् ।
उनले राखेको ‘पहिलो प्रस्तावमा , केन्द्रीय समितिले नै बैठक आह्वान गरेको अवस्थामा पुस २६ गते महाधिवेशन बोलाउने र नीति र नेतृत्व चयन भने २७ गते गर्न सकिन्छ भन्ने रहेको छ ।
दोस्रो – केन्द्रीय समितिले नै बोलाउने र यसलाई नीति महाधिवेशन रुपमा गरेर संकल्प महाधिवेशनमा रुपान्तरण गर्ने ।
यदी यी दुवै भएनन् भने तेस्रो विकल्पमा विधानअनुसार, अहिलेको मागअनुसार विशेष महाधिवेशन गर्ने भन्ने प्स्ताव उनले अिङ सारेका छन्र ।
कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा विवाद चर्किँदो छ ।
महामन्त्रीद्वयले नियमित महाधिवेसन स्थगन गरेर विशेषको विकल्प नभएको बताउँदै आएका छन् भने संस्थापन समूहका नेता भने फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुने भएपछि त्यसअघि महाधिवेशन सम्भव नभएको बताउँदै आएका छन् । यसैबीच आज बस्न लागेको केन्द्रीय कार्यसम्पान बैठकलाले कुनै एक ठोस निर्णय लिसक्ने जनाइएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE