शुक्रबार, पुस १८, २०८२
Friday, January 2, 2026

काँग्रेस महामन्त्री शर्मा भन्छन्–विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन, एकढिक्का रहन्छ

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार अघि बढ्दा पार्टी विभाजित नहुने भन्दै पार्टी फुट्छ कि भनेर आशंका नगर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले पार्टीभित्र एकताको विषयमा उठेका आशंकाहरू निराधार भएको भन्दै पार्टी थप मजबुत र बलियो भएर अघि बढ्ने जिकिर गरे । वर्तमान राष्ट्रिय परिस्थितिमा काँग्रेसले महाधिवेशनमार्फत नेतृत्व, नीति र दृष्टिकोण तय गर्दै अघि बढ्नुपर्ने आवश्यकताका आधारमा महाधिवेशनको मिति तय गरिएको भएपनि महाधिवेशन गर्न नसकिएको उनको भनाइ छ ।

उनले निर्वाचनअघि राष्ट्रिय संकल्प गर्नुपर्ने नभए विषेश महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने विकल्पमा कार्यसम्पदान समिति बैठकमा छलफल हुने बताए।

उनले भने, ‘विधानअनुसार कुनैपनि कार्य गरेर जाँदै गर्दा फुट्दैन, एकढिक्का रहन्छ । एकढिक्का रहने सन्दर्भमा कसैलाई आशंका छ भने त्यो आशंका नराख्नुभए हुन्छ । धेरै पार्टीका साथीहरुले आशंका व्यक्त गर्नुभएको छ सबैलाई ढुक्क बनाउन चाहन्छु । दोस्रो, अहिलेको राष्ट्रिय परिस्थिति जे छ यो परिस्थितिको बेलामा नेपाली काँग्रेस पार्टीको महाधिवेशन गरेरै, नेतृत्व, नीति र दृष्टिकोण सबै बनाएरै जानुपथ्र्यो । त्यसको लागि हामीले महाधिवेशनको मिति तय गर्यौं । तर त्यो मितिमा मात्र सिमित रह्यो त्यसपछि हामीले सूचना जारी गरेर जानकारी दिएका हौँ ।’

काँग्रेसमा नियमित महाधिवेशनको कार्यक्रम अगाडि नबढेपछि महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रक्रिया अघि बढाएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x