शुक्रबार, पुस १८, २०८२
Friday, January 2, 2026

काँग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८,२९,३० र ३१ गते काठमाडौंमा हुने

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८,२९,३० र ३१  गते काठमाडौंमा हुने भएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हो ।

नयाँ कार्यतालिका नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा प्रश्तुत गरेका थिए। प्रश्तावित कार्यतालिकालाई केन्द्रिय कार्य समितिको बैठकले पारित गरेको पार्टीका नेता विमलेन्द्र निधीले बताए। उनकाअनुसार विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै समाप्त भइसकेको बताए ।

उनले भने , ‘कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापतिजीले जुन प्रश्ताव प्रश्तुत गर्नुभएको छ, यो विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै समाप्त भइसकेको छ । १५ औं नियमित महाधिवेशन पुस २६,२७ र २८ गतेका लागि तोकिएको थियो, त्यसको संशोधित कार्यतालिका आएको छ । २०८३ वैशाख, २८, २९, ३० र ३१ गते काठमाडौंमा हुनेगरी नयाँ कार्यतालिका कार्य समितिको बैठकमा प्रश्तुत भएको छ । त्यही नै पारित भएको छ ।’

यसअघि काँग्रेसले पुस २६,२७ र २८ गते महाधिवेशनको कार्यतालिका प्रश्तुत गरेको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x