काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रिय सदस्य कुन्ती पोखरेलले आसन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो घोषणा गरेका हुन्।
काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि प्रधानमन्त्री र राष्ट्रपति जस्ता उच्च पदमा पुगेको भएपनि अपेक्षित विकास हुन नसेको उनको भनाइ छ । उनले उक्त क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरूले स्थानीयका समस्याहरु संसदमा प्रभावकारी रूपमा उठाउन नसकेको आरोप पनि लगाए। उनले यस क्षेत्रमा रहेको खानेपानी र सडकको समस्या समाधान गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताइन्।
उनले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने तथा सानो आम्दानीका लागि विदेश जान बाध्य नहुनुपर्ने नागरिकको चाहना रहेको बताउँदै आफू निर्वाचित भए सोहीअनुसार अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरिन्।
उनले भनिन्, ‘प्रधानमन्त्री पनि यो क्षेत्रले पायो, राष्ट्रपति पनि यो क्षेत्रले पायो । तर विकास केही पनि भएन । यहाँका जनताबाट चुनिएर गएका प्रतिनिधिहरुले यहाँका समस्याबारे संसदमा आवाज उठाएको पनि पाइदैन । यहाँ खानेपानीको समस्या छ, बाटोको मसस्या छ । अझ साँखुतिर तर एम्बुलेन्स जाने बाटो पनि छैन । नागरिकले शिक्षा, स्वास्थ्य निःशुल्क होस् । र ३०–४० हजारको लागि विदेश जान नपरोस् भन्ने मात्रै त चाहेका हुन् नि । मैले महिलाहरुलाई उद्यमशील तालिम दिने काम गर्ने मैले चुनाव हारेपनि यहाँका नागरिकसँग मैले जे जे वाचा गरेको थिएँ सबै पूरा गरेको छु । अहिले यो क्षेत्रले भूगोलबाहिरको उम्मेदवार नपाओस् भनेर कामना पनि गर्छु ।’
उनले महिलालाई उद्यमशीलता तालिम दिने कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै निर्वाचनमा पराजय भए पनि नागरिकसँग गरेका प्रतिवद्धता पूरा गर्दै आएको दाबी गरिन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE