एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैनः विष्णु पौडेल
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्नेकुरामा अझै विश्वस्त हुने अवस्था नरहेको बताएका छन् । शनिवार वुटवलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सो कुरा बताएका हुन्।
उपाध्यक्ष पौडेलले निर्भयताका साथ निर्वाचन गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लाग्न सरकारलाई सचेत पनि गराए। उनले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातवरणमा निर्वाचन सम्पन्न गराउनका लागि गर्नुपर्ने मुख्यमुख्य कामहरुमा सरकारको ध्यान नगएको जिकीर गरे। निर्वाचनको कामलाई सरकारले राम्रोसँग अघि बढाउनपर्ने उपाध्यक्ष पौडेलको भनाई थियो ।
उनले भने,‘तोकिएको मितिमा निर्वाचन हुन्छ भन्ने कुरामा हामी अझै पनि विश्वस्त हुन सक्दैनौ । किनभने निर्वाचन तोकिएकै मितिमा होस तर भयरहित वातावरणमा निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन होस् । सबै मतदाताहरुले निर्भयताका साथ निर्वाचनमा भाग लिन सकुन् । सबै राजनीतिक दलहरुले निर्वाचनमा प्रतिष्पर्धा गर्न सकुन् भन्ने हाम्रो चाहना हो । तर त्यो चाहना पूरा गर्नुपर्ने हिसावले गर्नुपर्ने कामहरु अहिले पनि भईरहेका छैनन । सरकारले निर्वाचनको तयारी राम्रोसँग अघि बढाओस् । निर्वाचनसँग जोडिएका यावत कामहरु राम्रो अघि बढाओस् ।’
उपाध्यक्ष पौडेलले एमाले निर्वाचनको पक्षमा सधैं रहेको समेत बताए।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE