शुक्रबार, पुस २५, २०८२
Friday, January 9, 2026

चौतर्फी आलोचनापछि रास्वपामा समानुपातिकतर्फको नाम फिर्ता लिने क्रम बढ्दो

काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार सूचीमा समावेश व्यक्तिहरूले नाम फिर्ता लिने क्रम बढेको छ । नयाँ दलले पनि पुरानै दलहरुको शैलीमा चर्चित र प्रत्यक्षमा प्रतिस्पर्धा गर्न सक्ने व्यक्तिलाई समानुपातिकमा उम्मेदवार बनाएको भन्दै चौतर्फी आलोचनापछि रास्वपामा नाम फिर्ता लिने क्रम बढेको हो ।

अहिलेसम्म बन्दसूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आशिफ शाह र उद्योगी चन्द्र ढकालका छोरा सचिन ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् ।

प्रतिनिधिसभा चुनावको समानुपातिक बन्दसूचीमा समावेश कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिएमा सम्बन्धित दलले अर्काे उम्मेदवार राख्न पाउनेछन् । सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि समय दिइने आयोगले जनाएको छ ।

फिर्ता हुन आवेदन दिइएको उम्मेदवारका बारेमा सम्बन्धित दललाई आयोगले सूचित गर्ने र दलले अर्काे उम्मेदवार पठाउन पाउनेछ । आगामी माघ ४ गते बन्दसूची सार्वजनिक गरिनेछ । आम सर्वसाधारणले त्यो सूचीमा रहेका उम्मेदवार कानुनी रुपमा अयोग्य रहेको भनी दाबीविरोध गरेमा छानबिन गरी माघ २० गते अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । त्यसपछि भने सूची परिवर्तन हुनेछैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x