एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । दुई नेताबीच आइतबार बिहान ललितपुरमा भेटघाट भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
भेट वार्ताका क्रममा समसामायिक राजनीतिक विषयमा कुराकानी भएको जनाइएको छ ।
अध्यक्ष ओली र संयोजक प्रचण्डले चुनावी तालमेलका विषयमा पनि छलफल गरेको बताइएको छ ।
आगामी माघ ११ गते राष्ट्रियसभा र फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । चुनावी गठबन्धनका विषयमा प्रमुख दलका शीर्ष नेताहरूबीच संवाद जारी रहेको जनाइएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE