मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

ललितपुरको ठैबमा माटो ब्राण्डको नयाँ स्टोर

काठमाण्डौं। नेपालमा विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा छुट्टै पहिचान बनाएको गोल्यान समूहको ‘माटो’ ब्रान्डको नयाँ स्टोर ललितपुरको ठैबमा सञ्चालनमा आएको छ ।

अग्र्यानिक फलफूल र तरकारी पाइने माटो ब्राण्डले सोमवारदेखि ललितपुरको ठैबमा नयाँ स्टोर सञ्चालनमा ल्याएको हो । ‘माटो’ ले उपभोक्ताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर रासायनिक मल तथा विषादी प्रयोग नगरिएका उत्पादनलाई मात्र विक्रीवितरण गर्ने गरेको छ । स्टोरको सोमवार एक कार्यक्रमका बीच अध्यक्ष पवनकुमार गोल्यानले शुभारम्भ गरे । उनले नेपाललाई अग्र्र्यानिक कृषि उपजमा आत्मनिर्भर बनाउने तथा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको बताए । उनले किसानलाई स्वरोजगारमुखी बनाउँदै जग्गा बेच्नुपर्ने बाध्यता हटाउने उद्देश्यका साथ ‘माटो’ व्यवसाय सञ्चालनमा ल्याइएको बताए  । उनकाअनुसार संस्थाले किसानलाई अग्र्यानिक खेतीसम्बन्धी तालिम प्रदान गर्नुका साथै उनीहरूले उत्पादन गरेका कृषि सामग्री उचित मूल्यमा खरिद समेत गर्दछ । उनले किसानलाई विस्थापित गर्ने नभई संरक्षण र सशक्तीकरण गर्ने लक्ष्यसहित माटोको स्थापना गरिएको बताउँदै कृषि प्रवद्र्धनका लागि विभिन्न उद्योग समूहहरूसँग सहकार्य गर्दै उत्पादित सामग्रीको बजारीकरण गरिँदै आएको समेत उल्लेख गरे ।

उनले भने, ‘किसान स्वरोजगार बन्न सकोस्, आफ्नो जग्गा बेच्न नपरोस् भनेर माटो व्यवसाय सञ्चालनमा ल्याइएको हो । हामीले किसानलाई अर्गानिक खेती गर्न सिकाउनुका साथै उत्पादित सामग्रि हामी किन्ने गर्छौं । हामी उचित मूल्य पनि दिने गर्छौं । किसानलाई मास्ने नभई जोगाउनको लागि यो किसान एग्रोको जन्म भएको छ । अर्को, कृषि प्रवद्र्धन उद्योगहरुको विभिन्न समूहहरुसँग सहकार्य गर्दै बजारीकरण गर्ने गरेका छौँ । माटो ब्राण्डमा उत्पादन गराएर बेच्नको लागि हामी सहयोग गर्ने गरेका छौँ । हामीले कृषि उद्योग स्थापनाको लागि महिलाहरुलाई विषेश प्राथमिकता दिने गरेका छौँ । उद्योग सञ्चालनको लागि हामीले महिलाहरुलाई मेसिनहरु समेत उपलब्ध गराउने गरेका छौँ । उद्योगीहरुले उत्पादित गरेको सामग्रि हाम्रो ब्राण्डमा प्याक गराएर किन्दै उनीहरुको नाफा सुनिश्चत गर्छौं ।’

माटो ब्राण्डले कृषि उद्योग स्थापना तथा सञ्चालनमा महिलालाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै उनले महिला उद्यमीलाई आवश्यक कृषि उपकरण उपलब्ध गराउँदै आएको समेत बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x