काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखि शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गरेकि छिन्। प्रधानमन्त्री कार्कीले अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई संयम, सहिष्णुता र सद्भाव कायम राख्न आग्रह गरीन ।अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको बताईन । उनले प्रत्येक नागरिकले देश मेरो पनि हो भन्ने जिम्मेवारीवोधका साथ भुमिका खेल्नुपर्ने बताईन । निर्वाचनका लागि सबै राजनीतिक दलहरु तयार भइसकेको र अब मतदाता शिक्षामा सबैले काम गर्नुपर्ने धारणा पनि उनको भनाई छ।
पूर्वसांसद मञ्चको एक प्रतिनिधिमण्डलसँग बालुवाटारमा सोमवार साँझ भएको भेटमा प्रधानमन्त्री कार्कीले भनीन्न , ‘अहिले मुलुकको अवस्था निकै संवेदनशील छ । प्रत्येक नेपाली नागरिकले यो देश मेरो पनि हो भन्ने जिम्मेवारीवोधका भुमिका खेल्नुपर्नेछ । समाजमा शान्ति र सद्भाव कायम राख्दै स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्नका लागि सबैको जिम्मेवार भूमिका आवश्यक छ । यसका लागि तपाईंहरुले पनि भुमिका खेलिदिनुहोस् ।’
निर्वाचनले मुलुकलाई निकास पनि दिनुपर्ने बताउनु भयो । नयाँ पुस्ताको हातमा मुलुकको शासन व्यवस्था गए मुलुकले लय समाउने दाबी गरीन।