आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

काँग्रेस प्रदेश सभापतिहरुको आग्रहः विशेष महाधिवेशनको औचित्य सकियो, निर्वाचनमा जुटौँ

काठमाडौं । नेपाली काँग्रेसका प्रदेश सभापतिहरुले फागुन २१ गते हुने निर्वाचनको तयारीमा जुट्न पार्टीका सिंगो पंक्तिलाई आह्वान गरेको छ ।

कोशी प्रदेशका सभापति उद्धव थापा, मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव, वागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेशका सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलाएरले संयुक्त वक्तव्य जारी गर्दै पार्टीको नियमित महाधिवेशन र निर्वाचनमा तयारीमा एकतावद्ध भएर जुटन सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका हुन् ।

पार्टी केन्द्रिय कार्य सम्पादन समितिले २०८३ वैशाख २८–३१ मा नियमित महाधिवेशन गर्ने निर्णय गरेकाले विशेष महाधिवेशनको औचित्य समाप्त भएकाले एकतावद्ध भई नियमित महाधिवेशनको तयारी र फागुन २१ गते हुने निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउने कार्यमा जुट्न अनुरोध गरिएको पार्टीका सुदूरपश्चिम प्रदेशका सभापति बलायरले बताए ।

उनले भने, ‘नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको २०८२ साल पौष १८ को निर्णय अनुसार २०८३ बैशाख २८–३१ मा नियमित महाधिवेशन सम्पन्न हुने भएकाले त्यस अघि विशेष महाधिवेशन गर्ने औचित्य समाप्त भएको अवस्थामा देशभ

यता पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश समूहले भने विशेष महाधिवेशन गर्ने भन्दै त्यसको तयारीलाई तिब्रता दिइरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x