नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज पनि जारी छ । बैठक पार्टी केन्द्रिय कार्यलय सानेपामा बिहान ११ बजेबाट बस्नेछ । बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको टुंगो लगाउने बताइएको छ । साथै १५ औं राष्ट्रिय महाधिवेशन, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, समसामयिक राजनीतिका बारेमा पनि छलफल भइरहेको छ ।