एनजीओको एजेन्डा बोक्ने र दाग लागेकाहरू एक भएका छन् : ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय एक भइरहेका दलहरूप्रति टिप्पणी गरेका छन् । गलबार पार्टी सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विकासको नाममा एनजीओ–डोनरको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई बदनाम गर्ने गरी विभिन्न दाग लागेकाहरू एक ठाउँमा जम्मा भइरहेको बताएका हुन् ।
कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका र कतिपय स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएको उनको आरोप छ । अध्यक्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा लाग्नेहरूले देशलाई पुगेको क्षतिको जिम्मा लिन नसकेको टिप्पणी पनि गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE