आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026

विशेष महाधिवेशन पक्षधरले गरे कांग्रेस केन्द्रीय कार्यालय घेराउ

काठमाडौं । नेपाली काँग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रिय कार्यालय सानेपा घेराउ गरेका छन् ।

पार्टीको नियमित १५ औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तिब्र छ । विधानको धारा १७(२) अनुसार ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको तीन महिना पुग्न लाग्दा पनि केन्द्रिय नेतृत्वले टारेको भन्दै पक्षधरहरू आक्रोशित भएका छन् । विशेष महाधिवेशन पक्षधर कार्यकर्ताहरूले केन्द्रिय कार्यालय घेरेर नारा लगाएका थिए ।

पक्षधरहरूले भृकुटीमण्डपमा हल बुकिङ गरेर पुस मसान्तमा विशेष महाधिवेशन गर्ने तयारी गरेका छन् । तर संस्थापन पक्षले नियमित महाधिवेशनलाई वैशाखमा सारेर अघि बढ्ने निर्णय गरेको छ । काँग्रेसको यो आन्तरिक कलहले आगामी फागुनमा हुने संसदीय निर्वाचनलाई समेत प्रभावित पार्ने देखिएको छ । पार्टी एकताका लागि छलफल जारी रहे पनि सहमति जुट्न सकेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x