मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

निर्वाचनलाई प्रतिगमन सच्याउने आन्दोलनका रूपमा उपयोग गर्छौं : महेश बस्नेत

काठमाडौं।नेकपा एमालेका सचिव महेश बस्नेतले आम निर्वाचनलाई प्रतिगमन सच्चाउने आन्दोलनको रुपमा उपयोग गर्ने बताएका छन्। मंगलबार पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसंग कुरा गर्दै बस्नेतले निर्वाचनलाई आन्दोलनको रुपमा अघि बढाउने बताएका हुन। प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने अवस्थामा एमाले रहेकाले अन्य दलसंग सहकार्य हुँदा उच्चतहको समझदारी र सहकार्य नहुदा एक्लै चूनावमा होमिने उनले बताए।

बस्नेतले मुलुकलाई निकास दिनका लागि ठूला दलहरु मिल्दा घोषित मितिमा निर्वाचन हुन नदिने आशंका कायमै रहेको धारणा राखे। मुलुकमा वैदेशिक षडयन्त्रणलाई पूर्णरुपमा निष्जेत पार्नका लागि भएपनि एमाले, कांग्रेस र नेकपाबीच सहकार्य हुनुपर्ने बिचारहरुपनि एमालेभित्र रहेको उनको भनाई छ।

उनले अहिलेको अवस्थामा पार्टीलाई समेत एकजुट बनाएर जनतामाझ जानुपर्नेमा जोड दिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x