मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्दै

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । नयाँ मन्त्रीको शपथ ग्रहणका लागि प्रदेश प्रमुखसँग मंगलबार साँझ साढे ४ बजेको समय लिइएको जनाइएको छ ।
वर्तमान सरकारमा रहेका सबै मन्त्रीले आजै राजीनामा दिने तयारी छ । कोशीमा गठबन्धनमा रहेका कांग्रेस र एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता गर्दै नयाँ अनुहार पठाउने समझदारी गरेका थिए ।

समझदारीपछि सरकारमा रहेका मन्त्रीले आजै राजीनामा दिने जनाइएको छ ।

उनीहरूको राजीनामापछि एमालेबाट विदुर लिङथेप, चिन्तन पाठक, इन्द्रमणि पराजुली, रामकुमार महतो मन्त्री बन्नेछन् । लिङ्थेपलाई आर्थिक मामिला तथा योजना, पाठकलाई खानेपानी सिँचाइ तथा ऊर्जा र पराजुलीलाई आन्तरिक मामिला तथा कानुन, महतोलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । उमाकान्त गौतमलाई राज्यमन्त्री बनाउने तयारी छ ।

कांग्रेसबााट प्रदीप सुनुवार, भीम पराजुली, मानबहादुर लिम्बू, इस्राइल मन्सुरी मन्त्री बन्दैछन् । सुनारलाई भौतिक पुर्वाधार ,पराजुलीलाई पर्यटन वन तथा वातावरण, लिम्बूलाई स्वास्थ्य र मन्सुरीलाई उद्योग कृषि तथा सहकारी बनाउने तयारी छ । शोभा चेम्जोङ राज्यमन्त्री बन्नेछिन् । विगतमा भागबण्डामा परेकै मन्त्रालय दुई दलले लिने जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x