सौर्य ऊर्जालाई प्राथमिकता दिएर नयाँ मापदण्ड र कार्यविधि तयार गरिएकाे छः मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सौर्य ऊर्जालाई प्राथमिकता दिएर नयाँ मापदण्ड र कार्यविधि तयार गरेको बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल सौर्य विधुत उत्पादक संघको २५ औं साधारणसभा उद्घाटन गर्दै मन्त्री घिसिङले सिंचाइका नहरहरुमा पनि सौर्य ऊर्जा राख्न सकिने गरि नयाँ मापदण्ड र कार्यविधि तयार गरेको र स्वीकृतिको चरणमा रहेको बताएका हुन् ।
मन्त्रीपरिषद्बाट स्वीकृत भइसकेपछि निजी क्षेत्रलाई सहभागी गराएर सिंचाइका नहरहरुमा सौर्य विद्युत उत्पादन गर्ने गरेर प्रक्रिया अगाडी बढाउने उनको भनाइ छ ।
त्यस्तै मन्त्री घिसिङले भारतसंग भएको विधुत खरिद सम्झौताका बारेमा भएका टिकाटिप्पणीप्रति असन्तुष्टि जनाए । विधुत ट्रेडिङलाई नबुझ्ने तर आफुहरुलाई विज्ञ सम्झने केहि नेता र पत्रकारहरुले विधुत सस्तोमा बेच्यो, महंगोमा किन्यो भन्दै आरोप लगाउने गरेको उनको भनाइ छ ।
मन्त्री घिसिङले विधुत खरिदका बिषयमा गलत तवरले चर्चा चल्ने गरेको उल्लेख गर्दै घिसिङले यसले नेपालको विद्युत व्यापारलाई सपोर्ट नगर्ने बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE