आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

मेयर शाहले जाँचबुझ आयोगमा पठाए लिखित जवाफ

काठमाडौं  । महानगरपालिकाका मेयर बालेन्द्र शाहले जाँचाबुझ आयोगमा लिखित जवाफ पठाएका छन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे बुझ्नका लागि आयोगले मेयर शाहलाई लिखित पत्र पठाएको थियो । उक्त पत्रको जवाफ शाहले पठाएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।

आयोगले बयान लगायतका काम सकेर अब प्रतिवेदन लेखनको काम अघि बढाएको उनको भनाइ छ । आयोगले गतसाता गृहमन्त्री रमेश लेखकको लिखित वक्तव्य र बयान लिएको थियो ।आयोगले यसअघि नै जेनजी आन्दोलनसँग सम्बन्धित विवरण र अरु तथ्यांकहरू संकलन गरेको थियो ।

तल्ला तहका सुरक्षा अधिकारीहरूसँगको बयानपछि आयोगले काठमाडौंका तत्कालीन प्रहरी प्रमुख, उपत्यका प्रहरी कार्यालय, प्रहरी मुख्यालयका उच्चपदस्थ अधिकारीहरूसँग बयान लिएको थियो । त्यसबाहेक सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका साथै काठमाडौंका प्रमुख जिल्ला अधिकारी, तत्कालिन गृहसचिव, मुख्यसचिव लगायतसँग पनि आयोगले बयान लिएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले पनि आफ्ना अधिकारीहरूका साथमा आयोगमा पुगेर बयान दिएका थिए । आयोगले सुरुमै पूर्वगृहमन्त्री रवि लामिछाने लगायतसँग बयान लिएको थियो ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x