शुक्रबार, पुस २५, २०८२
Friday, January 9, 2026

आज राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन,कांग्रेस, एमाले, नेकपालगायत दलहरु भागबन्डाको अन्तिम प्रयासमा

काठमाडौं ।     राष्ट्रियसभा सदस्य चुनावका लागि आज देशभर उम्मेदवारको मनोनयन हुँदैछ । निर्वाचन आयोगले आउँदो माघ ११ गते लागि राष्ट्रियसभा सदस्य चुनाव गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि चुनाव हुन लागेको हो । राष्ट्रिय सभामा आउँदो फागुन २० गतेदेखि १९ जना सांसद बिदा हुँदैछन् । त्यसमध्ये १८ सिटका लागि आज मनोनयन हुन लागेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका वामदेव गौतम पनि बिदाइ हुनेछन् । तर उनको ठाउँमा सरकारले नै सिफारिस गर्नेछ । निर्वाचन आयोगले यसअघि गएको पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार भोलि उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र त्यसै दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । पुस २८ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ ।

राष्ट्रियसभा सदस्य चुनावमा प्रदेशसभा र स्थानीय तह ९पालिका० का मेयररउपमेयर, अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । यसैबीच राष्ट्रिय सभाको चुनावका लागि कांग्रेस, एमाले, नेकपा, लोसपा र जसपा नेपालबीच सिट भागबन्डा गर्नेगरी अन्तिम प्रयास भैरहेको छ ।

कांग्रेस र एमालेले ७र७ सीट लिने भएका छन् । त्यस्तै नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ले ३ सीट पाउने मोटामोटी खाँका तयार भएको छ । लोसपा र जसपा नेपालका लागि एक सिट छुट्टाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x