कांग्रेस नेता निधि माथिको दुर्व्यवहारमा आफूहरूको संलग्नता नरहेको विशेष महाधिवेशन पक्षधरको प्रष्टीकरण
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पूर्वउपसभापति विमलेन्द्र निधिमाथि मंगलबार केन्द्रीय पार्टी कार्यालय सानेपाको परिसरमा भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ।
विशेष महाधिवेशन पक्षधरको तर्फबाट मनोजमणि आचार्यले वक्तव्य जारी गर्दै विशेष महाधिवेशन पक्षधरहरूको संलग्नता रहेको भनी गलत किसिमको प्रसार गरिएको बताएका छन्।
वक्तव्यमा सो घटना हुनु भन्दा अगावै ११ः३५ बजे विशेष महाधिवेशन सचिवालयबाट पार्टी कार्यालयमा हाम्रो कार्यक्रम नभएको स्पष्ट पारि सकिएको अवस्थामा समेत पुनः गलत प्रसार प्रसार भएको उल्लेख गरिएको छ ।
निधिमाथि दुर्व्यवहारमा कुनै संलग्नता नरहेको र आगामी दिनमा समेत त्यस्तो किसिमको कुनै पनि हुल हुज्जत गर्ने तथा प्रदर्शन गर्ने कार्यक्रम नरहेको उल्लेख छ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE