बिहिबार, पुस २४, २०८२
Thursday, January 8, 2026

नेपालमा संघियता असफल भएको भन्नेहरुलाई प्रदेशलाई अधिकार र कानुनविहीन बनाउनेहरूले नै जवाफ दिनुपर्छः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा संघियता असफल भएको भन्नेहरुलाई प्रदेशलाई अधिकार र कानुनविहीन बनाउनेहरूले नै जवाफ दिनुपर्ने बताएका छन ।

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशले बुधबार रुपन्देहीको धकधईमा आयोजना गरेको विशाल जनप्रदर्शन तथा जनसभामा उनले वर्तमान राज्य संरचना र निर्वाचन प्रणालीका कारण जनताले उचित प्रतिनिधित्व पाउन नसकेको र संघियताको लाभ जनतासम्म नपुगेको भन्दै आक्रोश व्यक्त गरेका हुन ।

अध्यक्ष ययादवले प्रदेश सरकारहरुलाई अधिकार नदिइएकोमा असन्तुष्टि जनाए ।

अध्यक्ष यादवले अधिकार सम्पन्न प्रदेश बनाउनुपर्ने र प्रदेशको व्यवस्थापन प्रदेशलाई नै हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

वर्तमान निर्वाचन प्रणालीमा व्याप्त असमानतालाई अन्त्य गर्न समानुपातिक प्रतिनिधित्वको दायरा बढाउनुपर्ने माग उनको छ ।

यादवले देशको महँगो निर्वाचन प्रणाली बनाएको भन्दै सरकारको कडा आलोचना गरे । वर्तमान प्रणालीमा गरिबको छोराले चुनाव लड्न नसक्ने अवस्था आएको भन्दै यसलाई तुरुन्तै समानुपातिक निर्वाचन प्रणालीले प्रतिस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x