३० आश्विन २०८३, शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

0
Shares


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । दिउँसो ४ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्ने तय भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

बैठकमा पार्टीभित्रको महाधिवेशन विवाद, वर्तमान राजनीतिक अवस्था तथा समसामयिक विषयहरूमा छलफल हुने बुझिएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा उपस्थितिका लागि कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई अनुरोध गरेका छन् ।

यसैबीच कांग्रेसमा महाधिवेसनलाई लिएर विवाद बढेसँगै नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन पक्षधरसँग संवाद गरेर सहमतिको वातावरण निर्माण गर्न दवाव बढाएका छन्। सभापति शेरबहादुर देउवासँग आजको भेटमा नेता कोइरालाले ‘पार्टीमा को के हुने भन्दा पनि पार्टी एकता जोगाउने’ विषय महत्वपूर्ण हुने भन्दै बृहत्तर सहमतिका लागि पहल गर्न आग्रह गरेका हुन् ।