मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

विशेष महाधिवेशनलाई कांग्रेस संस्थापनको ‘काउन्टर’

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । महाधिवेशनलाई लिएर नेपाली कांग्रेस भित्रको विवाद सतहमा आएको छ ।

आगामी २७ र २८ गते विशेष महाधिवेनस आह्वान गरेकै दिनमा संस्थापन पक्षले विशेष महाधिवेशनलाई काउन्टर दिन युवा तथा जिल्ला सभापति भेला डाकेको छ ।

विशेष महाधिवेशनकै दिन संस्थापन समूहले पार्टी कार्यालयमा समानान्तर कार्यक्रम राखेको हो ।

बिहीबार बिहान ११ बजेदेखि देउवा निवासमा संस्थापन समूहका शीर्ष नेताहरूको बैठकले समानान्तर कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकमा सभापति शेरबहादुर देउवा, नेताहरू बालकृष्ण खाण, एनपी साउद, जितजंग बस्नेतसहित नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, महिला संघ अध्यक्ष उषा राउत, तरुण दल अध्यक्ष विद्वान गुरुङलगायतको सहभागिता रहेको थियो ।

पुस २७ मा पार्टी अफिसमा तरुण दलले युवा भेला गर्ने निर्णय गरेको छ । जसको संयोजन तरुण अध्यक्ष विद्वान गुरुङले गर्ने जनाइएको छ ।

यस्तै, २८ पुसमा जिल्ला सभापतिहरूको भेला गर्ने तयारी भएको छ । यसको समन्वय केन्द्रीय सदस्य जितजंग बस्नेत र भक्तपुर सभापति दुर्लभ थापालाई दिइएको छ ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुस २७ र २८ मा कांग्रेसभित्र विशेष महाधिवेशनको तयारी छ । यसलाई काउन्टर दिन विभिन्न तयारी भइरहेको जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x