निर्वाचनको तयारीबारे प्रधानमन्त्री कार्की र एमाले अध्यक्षबीच तीन घण्टा भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा तीनघन्टा छलफल भएको छ । नेकपा एमालेले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेपछि बिहीबार भेटवार्ता भएको हो ।
ओली र प्रधानमन्त्रीबीच बिहान ११ बजेदेखि ३ घण्टा भएको छलफलमा निर्वाचनको तयारी लगायतका विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ ।
कुराकानीको क्रममा ओलीले एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको र त्यसका लागि तयार रहेको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो क्रममा प्रधानमन्त्री कार्कीले सरकारले समयमा निर्वाचन बाहेक अन्य विषयमा ध्यान नदिएको जानकारी ओलीलाई गराएकी छिन ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE