म्यादी प्रहरीमा भर्ना हुन युवाको लाइन
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी अर्थात म्यादी प्रहरी भर्ना प्रक्रिया शुक्रबार देखि सुरु भएको छ । म्यादी प्रहरीमा भर्नाका लागि शुक्रबारदेखि दरखास्त प्रक्रिया सुरु भएको हो ।
दरखास्त प्रक्रिया सुरु भएसंगै निर्वाचन प्रहरीमा भर्ना हुने युवाहरुको आकर्षण देखिएको छ । दरखास्त प्रक्रिया सुरु भएको पहिलो दिन नै तोकिएको स्थानमा फारम भर्ने युवाहरुको उपस्थीति उल्लेखिय देखिएको छ ।
निर्वाचन प्रहरीमा भर्ना हुन पुस २५ गते शुक्रबारदेखि माघ १ गतेसम्मको समय तोकिएको छ ।प्रहरीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १ लाख ३३ हजार ९ सय ८० जनाको संख्यामा निर्वाचन प्रहरी माग गरेको छ ।
नियुक्ति पाएको मितिले ४० दिन निर्वाचन प्रहरीको कार्य अवधि रहने र सरकारले निर्वाचन अवधिको आधारमा निर्वाचन प्रहरीको कार्यअवधि हेरफेर गरे सोहिबमोजिम हुने नेपाल प्रहरीले जनाएको छ । सेवा अवधिमा प्रतिदिन नेपाल प्रहरी जवानको शुरू तलब स्केल बराबर पारिश्रमिक प्रदान गरिने बताइएको छ ।

RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE