कांग्रेस विशेष महाधिवेशन : मिडिया सेन्टर सञ्चालनमा
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ । शुक्रबार (पुस २५)देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हल क्षेत्रमा कार्यालय औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।
कांग्रेस संस्थापन विशेष महाधिवेशनको विपक्षमा छ । तर, विशेष महाधिवेशनन पक्षले तयारी प्रक्रियागत रूपमा अघि बढाएको हो ।
विशेष महाधिवेशन मिडिया सेन्टरको संयोजकमा नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीलाई नियुक्त गरिएको छ । मिडिया सेन्टरबाट महाधिवेशनसम्बन्धी सूचना, समाचार तथा अरू सामग्रीको प्रभावकारी प्रसारप्रसार गर्ने उद्देश्य राखिएको संयोजक भण्डारीले बताए ।
महाधिवेशनसम्बन्धी समाचार, विज्ञप्ति, फोटो, भिडियो तथा अरू सूचना मिडिया सेन्टरमार्फत सञ्चारमाध्यममा सम्प्रेषण गरिने उनले जानकारी दिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE