३० आश्विन २०८३, शुक्रबार

गोरखा-१ बाट उम्मेदवारी दिने सुदन गुरुङको घोषणा

0
Shares


काठमाडौं । जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा गोरखा जिल्लाको क्षेत्र नम्बर १ बाट लड्ने घोषणा गरेका हुन्।

कुनै पार्टीबाट वा स्वतन्त्र लड्ने भन्ने उनले स्पष्ट पारेका छैनन् ।

गुरुङले फेसबुकमा लेखेका छन्, ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु । आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।’

गुरुङले काठमाडौं महानगरपालिाकाका मेयर बालेन शाह र कुलमान घिसिङ संरक्षक रहेको उज्याले नेपाल पार्टीसँग रास्वपाको एकीकरणमा अहम् भूमिका खेलेका थिए । तर, उनी स्वयम् भने रास्वपा प्रवेश गरेका छैनन् ।

पदाधिकारीका आकांक्षी भए पनि केन्द्रीय सदस्य मात्रै पाउने भएपछि उनी रास्वपा नगएको जनाइएको छ ।

उनको अलग्गै पार्टी नभएकाले रास्वपाको समर्थनमा चुनाव लड्न चाहेको जनाइएको छ ।