सोमवार, पुस २८, २०८२
Monday, January 12, 2026

माघ १ गतेदेखि ५ लाखभन्दा बढीको नगद कारोबार गर्न नपाइने

काठमाडौं ।   नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँ भन्दा धेरैको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले ५ लाखभन्दा माथिको चेक जारी गर्दा एकाउन्ट पेयी अनिवार्य गर्दै यस्तो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंक यसभन्दा अघिको १० लाखसम्मको नगद कारोबार घटाइ ५ लाखमा झारेको हो । सरकारले सम्पत्ति शुद्धीकरण न्यूनीकरण गर्न नगद कारोबारलाई १० लाखबाट ५ लाखमा घटाएको थियो ।

सोही निर्णय नेपाल राजपत्रमा प्रकाशित भए पनि केन्द्रीय बैंकले चेकबाट प्रतिपटक झिक्न सकिने नगद ५ लाख कायम गरेको हो । साथै, ५ लाखभन्दा धेरै रकम सम्बन्धित व्यक्तिको खातामा मात्रै जम्मा हुन सक्ने व्यवस्था गरेको हो ।

कुनै पनि व्यक्ति वा संस्थाले हरेक पटकको कारोबार नगदमा गर्दा ५ लाखभन्दा कम र त्यसभन्दा धेरैको गर्नुपर्दा एकाउन्ट पेयी चेकमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ ।

तर, यो व्यवस्थाले कुनै पनि परिवारले सामाजिक कार्य गर्न वा व्यापार मार्फत नगद संकलन गरेको अवस्थामा भने असर नगर्ने राष्ट्र बैंक प्रवक्ता गुरु पौडेलले बताए ।

केन्द्रीय बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले ५ लाख वा त्यसभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य एकाउन्ट पेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्ने छ ।

साथै फर्म, कम्पनी, संस्था वा कार्यालयका नाममा खिचिएका चेकको भुक्तानी समेत एकाउन्ट पेयी नै हुनुपर्ने छ ।

तर, कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाइ नगद भुक्तानीका लागि दिएको निवेदनको बेहोरा र कारण मनासिब देखिए त्यस्तो निक्षेपकर्ता वा बचतकर्तालाई उल्लेखित सीमाभन्दा बढी नगद भुक्तानी गर्न सक्नेछन् । त्यसरी भुक्तानी दिएको मासिक विवरण अद्यावधिक गर्नुपर्ने छ ।

त्यस्तै लघुवित्त वित्तीय संस्थाले पनि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ को उद्देश्यमा समेत सहयोग पुर्‍याउन ५ लाख वा त्यसभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य एकाउन्ट पेयी चेकमार्फत गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x